महासंघको चुनावको तयारीमा प्रेस युनियन

By Sushil Basnet ५ जेष्ठ २०८१, शनिबार १०:२० ५ जेष्ठ २०८१, शनिबार १०:२० ५ जेष्ठ २०८१, शनिबार १०:२०

सुशील बस्नेत

तुलसीपुर,५ जेठ
नेपाल प्रेस युनियन दाङले आगामी जेठ २६ गते तय गरिएको नेपाल पत्रकार महासंघको चुनावलाई केन्द्रित बनाएको छ । महासंघको सदस्यता शुुद्धिकरणका सन्दर्भका कारण तोकिएको मितिमा अधिबेसन हुने नहुने अन्यौल भएपनि चुनाव केन्द्रित गतिबिधि अगाडी बढाईएको युनियन दाङका अध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो ।
पेशागत संगठनका हिसावले ठुलो र लोकतान्त्रिक पत्रकारहरुको पक्षधरहरुको छाता संगठन नेपाल प्रेस युनियनले महासंघको आगामी अधिबेसनमा नेतृत्व लिने गरि अगाडी बढ्ने रणनीति बनाएको अध्यक्ष खड्काले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङमा हाल १५४ जना सदस्य भएपनि शुद्धिकरण अभियानबाट के कति सदस्य कटौति हुने हुन त्यसको आधारमा अधिबेसनमा चुनाबी जीतहारको अबस्था हुने आकलन गरिएको छ । हालको संख्यामा युनियनको आधा संख्या र बाँकी प्रेस चौतारी नेपाल,प्रेस सेन्टर लगायत अन्य पेशागत संगठनमा आवद्ध सदस्यहरु रहेका छन् ।
युनियनले आफ्नो नेतृत्वमा सबै पेशागत संगठनका साथ नेपाल पत्रकार महासंघको कार्य समिति बनाउन औपचारिक आह्वान समेत गरेको छ । युनियनले कस्को नेतृत्वमा महासंघमा पठाउने औपचारिक निर्णय नगरेको भएपनि ३ बढीले अध्यक्ष पदको आकाक्षिको दावी गर्दै आएका छन् । प्रेस चौतारीले भने उक्त संगठनका पूर्व अध्यक्ष जे.एन. सागरलाई महासंघको अध्यक्ष पदका लागि अगाडी सारि सकेको छ । तर पनि महासंघमा पेशागत सबै संगठनको साझा उम्मेदवार बनाई जान सक्ने भनि अर्को बिकल्प समेत अगाडी सारेको छ ।
युनियनको चुनावी रणनीति
नेपाल प्रेस युनियन दाङले आफ्ना गतिबिधिलाई सक्रिय बनाउन दाङका ३ वटै निर्वाचन क्षेत्रमा युनियनको समन्वय समिति गठन गरेको छ । युनियनको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार युनियनका जिल्ला उपाध्यक्ष गोपाल शर्मा भट्टराईको संयोजकत्वमा शनिबार तुलसीपुरमा सम्पन्न भेलाले सह संयोजकमा प्रेम पुन र सदस्य सचिवमा जयन्ती चौधरीलाई चयन गरेको छ । यस अघि निर्वाचन क्षेत्र नम्वर १ मा युनियनका उपाध्यक्ष किरण शाहको संयोजकत्वमा क्षेत्रीय समन्वय कमिटि गठन गरिएको छ । अव केहिदिनमा निर्वाचन क्षेत्र नम्वर २ मा अर्का उपाध्यक्ष पार्वती बस्नेतको संयोजकत्वमा सह संयोजक र सदस्य सचिव चयन गरिने अध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो ।
समन्वय समितिले युनियनका हरेक क्षणमा गतिबिधिलाई सक्रिय बनाउन समन्वयकारी भूमिका खेल्ने सचिव अमरक्षितिज भण्डारीले जानकारी दिनुभयो ।
युनियनद्धारा तु.उ.वा. संघका नवनिर्वाचितलाई बधाई

तुलसीपुर उद्योग बाणिज्य संघको गत बैशाख २९ गते सम्पन्न अधिबेसनबाट निर्वाचित कार्यसमितिलाई नेपाल प्रेस युनियन दाङले बधाई ज्ञापन गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा संघका नव निर्वाचित अध्यक्ष बिनिल केसी लगायत कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रम गरिएको हो ।
सो अवसरमा बोल्नुहुदै संघका अध्यक्ष के.सी.ले आफ्नो नेतृत्वले नीजि क्षेत्रलाई सक्रिय बनाई आम नागरिकको भावनालाई सम्मान गरिने प्रतिबद्धता जनाउनुभयो । उपभोक्ताको खुशी नीजि क्षेत्रका ब्यबसायीहरुको खुशी हो, केसीले भन्नुभयो । कार्यक्रमको युनियनका सचिव अमर क्षितिज भण्डारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *