झण्डै साँढे ११ हजार बालबालिकालाई आई.भी.पी खोप लगाईदै

By Sushil Basnet ११ जेष्ठ २०८१, शुक्रबार ०६:१६ ११ जेष्ठ २०८१, शुक्रबार ०६:१६ ११ जेष्ठ २०८१, शुक्रबार ०६:१६

सुशील बस्नेत
दाङ,११ जेठ

तुलसीपुर उपमहानगरपालिकामा जेठ १३ गतेदेखि पूर्ण खोप अभियान सुरु गरिदैछ । आई.पी.भी. खोप अभियान २०८१ लाई सफल पार्न पालिका स्तरीय खोप समन्वय समिति,सरोकारवाला तथा संचारकर्मीहरुलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले अभिमुखिकरण कार्यक्रम समेत गरेको छ । जेठ १३ गतेदेखि १७ गते सम्म ५ दिन सम्म सञ्चालन हुने उक्त अभियानबाट ११ हजार ५ सय ८ जना बालबालिकाहरुलाई पूर्ण खोप लगाईने तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकास न्यौपानेले जानकारी दिनुभयो ।
२०७३ सालदेखि २०७५ साल सम्म जन्मीएका तर खोप लगाउने अवसर प्राप्त नगरेका ती बालबालिकाहरुलाई अनिर्वाय रुपमा आई,पी,भी खोप लगाईने छ ।
खोप अभियानमा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका लक्ष्ति उमेर ( ५ बर्ष मुनि) सुमहका बालबालिका रहेका १ सय ४८ वटा सबै बिद्यालय र ईटा उद्योग, त्यसका लागि १ सय ५२ स्थानमा खोप केन्द्र तथा ती खोप केन्द्रमा ३ सय ४ जना खोप कार्यकर्ता परिचालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो ।
२०७३ देखि २०७५ साल सम्मको अवधिमा खोप अभावका कारण लगाउन बाट बञ्चितमा परेका बालबालिकालाई पहिलो प्राथमिकतामा राखिएको नगरप्रमुख खड्काले भन्नुभयो । पूर्ण खोप पालिका घोषणा अभियानलाई सफल पार्न यो अभियानलाई सहयोगका लागि उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । देशभर १४ लाख ६२ हजार ७ सय १२ जना, लुम्बिनी प्रदेशमा २ लाख ५३ हजार ७९ जना, दाङ जिल्लामा ३२ हजार २ सय ६१ जना र तुलसीपुर उपमहानगरपालिकामा ११ हजार ५ सय ८ जनालाई आई.पी.भी.खोप लगाईनेछ । तर २०७३ बैशाख देखि २०७५ असोज महिना भित्र जन्मीएकाहरुलाई यो खोप अभियानमा सहभागि बनाईने छ । जस अन्तर्गत पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाँउपालिका,दंङगीशरण गाँउपालिका र बबई गाँउपालिकामा जेठ १३ गदेखि देखि १७ गते सम्म अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा घोराही उपमहानगरपालिका,लमही नगरपालिका,राप्ती गाँउपालिका, बंगलाचुली गाँउपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा जेठ २२ गतदेखि देखि २६ गतेसम्म पूर्णखोप अभियान सञ्चालन हुने छ । पूर्ण खोपको सुचकलाई मापन गर्दा ९७ प्रतिसत हुनुपर्ने हुन्छ । तर लुम्बिनी प्रदेश ८५ प्रतिसत छ भने तुलसीपुर उपमहानगरपालिका ९५ प्रतिसत रहेको तथ्यांकले देखाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *