अस्पतालका सेवाग्राही खुसी छैनन्

By Sushil Basnet २५ बैशाख २०८१, मंगलवार ०२:५१ २५ बैशाख २०८१, मंगलवार ०२:५१ २५ बैशाख २०८१, मंगलवार ०२:५१

सुशील बस्नेत
तुलसीपुर,२४ बैशाख

नागरिकहरुले प्राप्त गर्ने सरकारी कार्यालयको सेवाका बारेमा अनुगमन गरिएको छ । नागरिक समाज दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अनुगमन गरेको हो ।
राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या अधिक रहेको अनुगमनका क्रममा देखिएको नागरिक समाज दाङका निर्वतमान संयोजक चन्द्रराज पन्तले बताउनुभयो ।
दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुदा सेवा प्रबाहमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । डाईलोसीस मेसिन छ, चलाउने मान्छे छैन,ईलिक्ट्रीसियनको सहयोगमा चलाउनु पर्ने हुन्छ,स्वास्थ्यकर्मीहरुको भनाई थियो ।
अस्पालतमा सरसफाई देखि अन्य सेवा भने राम्रो देखिएको,नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सेवा ग्राहीको घुईचो निकै भएकाले दुई घण्टादेखि लाईनमा बसिरहनुपरेको एक जना सेवा ग्राहीको भनाई छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर हेमराज शर्माले चिकित्सक र कर्मचारी दरबन्दी अनुसार नहुदा सेवा प्रबाहमा समस्या भएको बताउनुभयो ।
नागरिक समाज दाङले मानव अधिकारकर्मी, पत्रकार, स्तब्भकार लगायतको सहभागितामा अनुगमन गरेको हो । यो प्रक्रियालाई जारि राख्ने टोलि सदस्य श्रीमन न्यौपानेले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *