घोराही,२२ चैत
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवाका लागि अत्याधुनिक मेसिन जडान गरिएको छ । यो मेसिन प्रतिष्ठानले सन्चालनमा ल्याई सकेको छ । मेसीनको सहायतामा किड्नि , नलि र पिसाब थैलिको पत्थरि फुटाल्न, प्रोष्टेडको ग्रन्थि र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने छ । सन २०१९ देखि यो मेसिन बिश्वमा प्रयोग आएको युरोलोजीष्ट डा प्रबोध रेग्मीले नानकारी दिनुभयो । छिटो छरितो ढङ्गबाट मिर्गौलामा भएका हरेक किसिमका ढुङ्गा फुटाउन सकिने उहाँको भनाई छ । डा. रेग्मीका अनुसार प्रतिष्ठानमा युरोलोजी सेवा अन्तरगत हालसम्म ३ सय साना तथा ठुलो अप्रेसन गरिएको र सबै अप्रेसनहरु सफल भएका छन । जसअनुसार गएको भदौदेखि हालसम्म डेढ सय मृगौलामा भएको पत्थरिको अप्रेसन गरिएको छ भने प्रोष्टेडसहित अन्य युरोलोजि सेवा डेढ सय जना बिरामीलाई दिइएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रबिधीकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछाने र रजिस्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गर्नु भएको हो । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक लम्सालले प्रदेश स्वास्थ्य मन्त्रालयको २ करोडको अनुदान सहयोगमा मेसिन प्राप्त गरिएको र सेवा बिस्तारलाई थप सहयोग मिलेको बताउनु भयो । यो मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका नागरिकले युरोलोजी सेवा लिन काठमान्डौ लगायतका स्थानका अस्पतालमा जानुनपर्ने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनु भयो ।