पाल्पामा रहेको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप दुर्घटना भएको छ । बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा यात्रुबाहक जिप खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।
