सुशील बस्नेत
तुलसीपुर,२१ बैशाख


दाङमा सक्रिय रहेका पत्रकारहरुले त्रकारितालाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । ३१ औ बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले मर्यादित पत्रकारिता ः केन्द्र बिन्दुमा श्रमजिवि पत्रकारको सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काले भन्नुभयो,युद्धरत क्षेत्रमा मात्र होईन हाम्रो जस्तो देशमा पत्रकारहरुले असुरक्षा महसुस गरेको बताउनुभयो । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेमबहादुर राम्जाले पत्रकारिता मर्यादित,सन्तुलित र बिश्वसनिय हुनुपर्नेमा जोड दिनुभयो ।
शान्ति समाज दाङका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सह सचिव दिप्ती शिखा चौधरी,पत्रकार बालाराम खड्का,बसन्त पौड्ेल,एकराज भण्डारी,टेकराज भण्डारी लगायतले पत्रकारिता क्षेत्रमा केही पत्रकारहरुको आनीबानि,ब्यबहार र समाचार लेखनमा नियतीका कारणले समुदायमा कहिले काही आलोचित हुनुपर्ने बताउनुभयो ।
पत्रकारिता क्षेत्रमा लामो समयसम्म संलग्न रहनुभएका पत्रकार सुनिल पोख्रेल र भरतराज शर्माले आफुहरुको बिगतको अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली र तुलसीराम सुनारले मानव अधिकार,लोकतन्त्र,शान्ति र अहिंसाका बारेमा चर्चा गर्नुृभएको थियो भने लोकतन्त्रमा मानव अधिकार र प्रेश स्वतन्त्रता अपरिहार्य भएको चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार एबम शान्ति समाजमा निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेतले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *