सुशील बस्नेत
तुलसीपुर,१९ बैशाख
श्रमिकले स्वास्थ्य बिमाको ब्यबस्था गरिनुपर्नेमा जोडदिएका छन् । बिश्व श्रमिक दिवसको सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले मे १ बुधबारका दिन तुलसीपुरमा आयोजना गरिएको श्रमिको पेशा तथा भौतिक सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि मजदुरहरुले जोखिमपूर्ण काम गर्दा हुने दुर्घटनामा स्वास्थ्य बिमाको ब्यबस्था नहुदा उपचारमा समस्या भएको बताएका हुन । ६४ बर्षिय डकर्मी नन्दलाल बिश्वकर्माले भन्नुभयो, टायल लगाउदा दुर्घटना हुदा टाउकामा गहिरो चोट लाग्यो,उपचार खर्च आफै ब्यर्होनुपर्ने अबस्था भयो ।
सुनचाँदी कालिगढ रिमबहादुर बिकले सुनको काम गर्दा केमिकल प्रयोग गर्नुपर्ने भएकाले कयौ श्रमिकको आँखाको समस्या हुने गरेको बताउनुभयो । पटक पटक आँखा तथा स्वास्थ्य जाँच गराउन तर्फ कसैले चासो नै दिदैन,उहाँले भन्नुभयो । जिफ्न्ट लुम्बिनी प्रदेशका सदस्य ध्यान बहादुर राई, सल्यानी खुकुरी उद्योगका रोमलाल बिक,मजदुर घनश्याम शर्मा,बलिराम चौधरी लगायतले श्रमिकको स्वास्थ्य उपचार,पेशागत तथा भौतिक सुरक्षाका सम्बन्धमा श्रमिकका पेशागत संगठनले उठाउदै आएका मागलाई राज्य तहबाट बेवास्ता भएको गुनासो गर्नुभयो ।
शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापत्विमा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपालीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सदस्य तुलसीराम सुनार,दलित संघका सन्तोष चनारा,श्रमिक सुदर्शन सुनार,सहसचिव माधव बस्नेत,सदस्य भिमलाल मरासीनि लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका कोषाध्यक्ष यज्ञ बिकले स्वागत मन्तब्य र सञ्चालन सचिव अमृतप्रसाद शर्माले गर्नुभएको थियो ।
सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरका श्रमिक मजदुरहरुले १७ घण्टा देखि १८ घण्टा सम्मको कार्य गर्र्दै आए । यसलाई घटाएर ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग राखेर आन्दोलनको घोषणा गरेका थिए । सोहि आन्दोलनमा उत्रिएका मजदुर नेताहरुले जिवन उत्सर्ग गर्नुपरेको थियो । अधिकारको माग गर्ने क्रममा जसले जिवन गुमाए तिनै मजदुर नेताहरुको स्मृतिमा बर्षेनी मे १ का दिन बिश्वभरी श्रमिक दिवस मनाईन्छ ।
श्रमिकले भने श्रमिकको स्वास्थ्य बिमा गरिनुपर्छ

