ब्रेकिङ न्युज
Thu. Feb 12th, 2026

दाङ,बैशाख १४

विगत ११ वर्षमा दाङमा सवारी दुर्घटनाबाट सात सय ७९ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ देखि आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म दाङमा भएका दुर्घटनामा सात सय ७९ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा ७४ जना, आर्थिक वर्ष २०७१÷०७२ मा ५४ जना, आर्थिक वर्ष २०७२÷०७३ मा ७१ जना, आर्थिक वर्ष २०७३÷०७४ मा ७७ जना, आर्थिक वर्ष २०७४÷०७५ मा ७९ जना, आर्थिक वर्ष २०७५÷०७६ मा ८६ जना, आर्थिक वर्ष २०७६÷०७७ मा ६४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७७÷०७८ मा ६५ जना, आर्थिक वर्ष २०७८÷०७९ मा ८१ जना, आर्थिक वर्ष २०७९÷०८० मा ४८ जना र आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म ८० जनाको दाङमा भएका सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *