तुलसीपुर ,२५ बैशाख ।

दाङ लगायत आसपासमा केही समय बर्षा भएको छ । बिहानीपख् झण्डै १५ मिनेट बर्षा भएको हो । हल्का बर्षा हुदा मानिस तथा बोट बिरुवालाई भने थोरै भएपनि राहत महसुस भएको छ । अधिक गर्मी भई रहदा कम्तिमा १५ मिनेट सम्मको बर्षाले राहत महसुस भएको हो ।
पश्चिमी वायु स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेशका दाङ लगायत केही जिल्ला,कोशी,बाग्मती र गण्डकी प्रदेशमा बर्षा भएको छ । दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *