ब्रेकिङ न्युज
Thu. Feb 12th, 2026

कतारका राजाको नेपाल भ्रमणका क्रममा समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ –बैशाख १२

कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्र मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच आज भएको भेटवार्तापछि प्रतिनिधिमण्डलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा सझदारी भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कुटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच पनि दुई वटा सम्झौता भएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *