लमही देउखुरी,चैत्र १७
थारु समुदायमा बढि मात्रामा देखिएको सिकलसेल एनिमियाको परिक्षण दाङको लमहीमा पनि शुरु भएको छ । सिकलसेलको लक्ष्यण देखिएका बिरामीहरुको उपचार र परिक्षणको लागि भरपर्दो स्वास्थ्य संस्था नहुदा रोग पत्ता लगाउन काठमाडौंसम्म पदैथ्यो । लमही अस्पतालमा सिकलसेल एनिमिया र थालसेमिया परीक्षणको लागि ल्याव स्थापना गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा ल्याव स्थापना गरिएको हो । प्रदेश सरकारले सिकलसेल रोगको पहिचानलाई प्राथमिकतामा राखेको छ । रोग प्रभावित क्षेत्रका अस्पतालमा परीक्षणको लागि ल्याव स्थापनासँ‘गै उपचार केन्द्रको रुपमा विकास गर्न थालिएको छ । लमही अस्पतालमा सिकलसेल रोग परीक्षणको लागि ल्याव स्थापना गरेर सेवा सुभारम्भ गरिएको हो । जसबाट सिकलसेल परीक्षणको लागि जिल्ला बाहिरको अस्पतालमा जानुपर्ने बाध्यता टरेको छ । देउखुरी उपत्यकामा थारु समुदायको बसोवास धेरै छ । त्यसले गर्दा पनि सिकलसेल रोगबाट पीडित हुनेको संख्या पनि बढ्दो छ । यस क्षेत्रका कम्तिमा पनि दुई सय भन्दा बढी बिरामीहरुले अहिले विभिन्न अस्पतालमा पुगेर सिकलसेलको उपचार गराइरहेका छन् । शुरुमा रोग पत्ता लगाउनै समस्या थियो । जसका लागि यहाँका बिरामी बुटवल, नेपालगञ्ज अनि काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता थियो । अब दाङको लमही अस्पतालबाट सिकलसेल एनिमिया तथा थालसेमियाको परीक्षण शुरु भएको छ । यो सेवा शुरु भएपछि रोग पत्ता लगाउन सजिलो हुने भएको हो । लमही अस्पतालमा सिकलसेल रोगको उपचारका लागि आउने बिरामीको संख्या पनि बढ्दै गएको छ । नजिकको अस्पताल भएकाले बिरामी आउने तर शुरुका दिनमा उपचार दिन नसक्ने अवस्था थियो । अबदेखि बिरामीको परीक्षण गर्न सुविधा थपिएपछि सजिलो हुने नगर प्रमुख जोगराज चौधरीले बताउनुभयो ।लमही नगरपालिकाभित्र एक सय ४० जना जतिले विभिन्न अस्पतालबाट सिकलसेलको उपचार गराइरहेको तथ्यांक रहेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले सिकल सेल एनिमियाको परीक्षण र निदानलाई प्राथमिकतामा राखेको छ । बर्दियामा अस्पताल निर्माण गरिदैछ भने तराईका जिल्लामा रहेका अस्पतालमा रगत परीक्षणको साथै उपचार सेवालाई प्रभावकारी बनाउन थालिएको हो । लुम्बिनी प्रदेशको मध्यविन्दुमा पर्ने दाङको लमही अस्पतालमा सिकलसेल एनिमिया तथा थालसेमियाको परीक्षण शुरु भएपछि उपचार सेवा समेत प्रभावकारी हुने आशा गरिएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो । ‘तराईका जिल्लाका गाउँ‘गाउँमा, विद्यालय तहमा सिकलसेलको परीक्षण अभियान चलाउन आवश्यक छ । स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माको स्वागत तथा विषयप्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण लमही अस्पतालमा कार्यरत शंकर भण्डारीले गर्नुभएको थियो । सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रक्तअल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ तर समयमा रोगको पहिचान हुन नसक्दा उपचारमा विलम्ब हुने गरेको थियो ।

