जातिय विभेद बिरुद्ध शान्ति समाजले १० बुँदे अबधारणा पत्र , तुलसीपुरमा ५ जनालाई सम्मान

दाङ , ८ चैत

जातिय विभेद बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा मानव अधिकार तथा शान्ति समाजले १० बुँदे अबधारणा पत्र प्रस्तुत गरेको छ । शान्ति समाजले २१ मार्च अर्थात ५९ औ अन्तराष्ट्रिय जातीय रंगभेद उन्मुलन दिवसको अवसरमा बिहीबार दाङमा आयोजित कार्यक्रममा १० बुँदे अवधारणा पत्र प्रस्तुत गरेको हो । समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै शाखा सदस्य निर्मला गौतमले छुवाछुतका घटनामा संलग्न ब्यक्तिमाथि कानुनी कारर्बाही हुनुपर्ने,सम्पूर्ण धार्मिक मठ मन्दीर लगायत सार्वजनिक स्थलहरुमा अन्य नागरिक सरह दलित समुदायको निर्बिबाद प्रबेश सुनिश्चीत गर्नुपर्ने,राज्यका नीति निर्णायक सबै तह प्रशासनीक र सबै सेवाका क्षेत्रहरुमा गरिने नियुक्ती र भर्नाहरुमा दलितहरुको समुचित प्रतिनिधित्व हुनुपर्छ र यसका लागि आबश्यकता अनुसार आरक्षणको ब्यबस्था हुनुपर्ने,राजनीतिक दलका बिभिन्न तहमा दलितहरुको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने लगायत रहेका छन् । त्यस्तै शान्ति समाजको उक्त १० बुदाँमा निर्वाचित निकायका सबै तहमा दलितहरुको समुचित प्रतिनिधित्व सुनिश्चीत गरिनुपर्ने,आबश्यकता अनुसार दलितहरुका लागि आरक्षणको ब्यबस्था गरिनुपर्ने,बिद्यालयहरुमा दलित छात्रछात्रामाथि गरिने भेदभाव अन्त्य गरिनुपर्ने,दलित दलित बिच बिद्यमान आन्तरिक भेदभाव समेत अन्त्य हुनुपर्ने,दलितहरुको सशक्तिकरणका लागि आबश्यक तालिम,रोजगारिको ब्यबस्था गरिनुपर्ने,शिक्षाका सबै क्षेत्रमा दलितहरुको पहँुचलाई सहज बनाई दलित बिद्यार्थीहरुलाई यथोचित संख्यामा छात्रबृत्ति उपलब्ध गराउनुपर्ने र दलित उथानका लागि जनजिवनको हरेक क्षेत्रबाट कार्यक्रम अगाडी बढाउनुपर्ने उल्लेख गरिएको छ । कार्यक्रममा बिभिन्न राजनीतिक दलमा आवद्ध दलित अगुवाहरु ईश्वरी सुनार,रोमलाल बिश्वकर्मा र बोधराज बिश्वकर्माले आ आफ्ना धारणा राख्नुभएको थियो । शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, केन्द्रीय सदस्य तुलसीराम सुनार जातिय बिभेदका बिरुद्ध एक जुट भई अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा नेपाल पत्रकार महासंघका सहसचिव दिप्ती शिखा चौधरी,साझेदारी बिकास मञ्चका अध्यक्ष खेमराज बिश्वकर्मा,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी,नेपाल कपडा सिलाई ब्यबसायी संघका अध्यक्ष पोषण रामपाल,पत्रकार द्रोण केसी,शान्ति समाजका कोषाध्यक्ष यज्ञ बिक र सदस्य सुरेश बिकले आ आफ्ना धारणा राख्नुभएको थियो । शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण सहसचिव माधव बस्नेतले गर्नुभएको थियो ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा राजनीतिक बृद्धिका लागि हाम्रो पहल बिषयक कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । सामाजिक बिकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा कपडा सिलाउने पेशामा आबद्ध तेजबहादुर परियार,आरन बनाउने पेशाकर्मी ऋषिराज बिश्वकर्मा,मादल बनाउने पेसाकर्मी पबित्रा बादी,सारङगी बादक शालिकराम गन्र्धव र छालाको जुत्ता सिलाउने पेशाकर्मी च्याउने सार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण महिला,वालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

१९६० मा दक्षिण अफ्रिकामा जातीय भेदभाव विरुद्धको शान्तिपूर्ण र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निशस्त्र ६० जना को निर्मम हत्या गरेको संझनामा मार्च २१ लाई जातिय विभेद बिरुद्धको दिवसको रूपमा संसारभर मनाइन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *