कैलाली,फाल्गुन २८
लाईटर बोकेको ट्रक कर्णाली पुलमा सोमबार आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ख ५२९७ नम्बरको ट्रकमा सोमबार साँझ एक्कासी आगलागी भएको थियो । आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुुन लाइटर र नगद ५७ हजार रुपैयाँ जलेर नष्ट भएको छ ।
आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट पुुलको पूर्वपट्टि रहेका १४ वटा डोरीमा क्षति पुुगेको
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको अन्य विवरण आउन बाँकी छ । आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासीलगायतले आगो निभाएका छन् । लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताउनुभयो। पर्साको वीरगञ्जबाट सामान लिएर आएको ट्रकमा अचानक आगो लागेको थियो ।ुट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिएँ । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टिको भागमा आगो लागेको थाहा पाएँ, चालक जगनाथ जोशीले बताउनुभयो।
पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताए । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार हुनुहुन्थ्यो। दुवैजना प्रहरीको नियन्त्रणमा रहेका छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताउनुभयो ।

