राप्रपाको मागपत्र प्रचण्डलाई ४० बुँदे ,माओवादीकै को शैलीमा

९ फागुन, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ४० बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै सडक आन्दोलन थालेको छ । चैतबाट काठमाडौं केन्द्रित गर्ने तयारीमा रहेको राप्रपाले बुधबार अन्यत्र प्रमुख जिल्ला अधिकारी र काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएको छ ।
भृकुटीमण्डपमा सुरु भएको प्रदर्शन भद्रकालीमा पुगेपछि शीर्ष नेताहरु ज्ञापनपत्र बुझाउन सिंहदरबारतिर लागेका थिए भने प्रदर्शनकारीहरु सुन्धारा, आरएनएसी हुँदै फेरि भद्रकाली पुगेका थिए । त्यतिन्जेल अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित नेताहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउनुभएको हो
संयोग २०५२ फागुन १ मा सशस्त्र संघर्ष थाल्नुअघि तत्कालीन माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग बुझाएको थियो । त्यसमा पनि राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गर्नुपर्ने लगायत तत्कालीन सरकारले सम्बोधन गर्न नसक्ने मागहरु समावेश थिए ।
‘विचारको दृष्टिकोणले आ–आफ्ना मतहरु छन्, यसमा केही भन्नु छैन, तपाईंहरुले गर्ने विरोध शान्तिपूर्ण होस्, लोकतान्त्रिक सीमाभित्र नै होस् र, जनतालाई प्रशिक्षित गर्ने ढंगले होस् भन्ने मेरो अनुरोध छ’, प्रचण्डले राप्रपा नेताहरुलाई भन्नुभयो।
१० वर्ष लामो सशस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिमा आएर प्रधानमन्त्री भएका प्रचण्डलाई राप्रपाले पनि ४० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

राजनीतिक मागमा केही भन्नु छैन

राप्रपा नेताहरुको मागपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले त्यसको प्रष्ट संकेत गर्नुभएको छ । ज्ञापनपत्र पढ्दै जाँदा सरकारले सुरु गरेको कामहरुलाई नै समेटेको पाएको बताउनुभयो ।
‘भुटानी शरणार्थीको यत्रो ठूलो अनुसन्धान कारबाही भयो, ललिता निवासको अनुसन्धान गरेर अहिले मात्र १४३ रोपनी जग्गा सरकारको नाममा आयो । सुन तस्करीको पनि आफैंले पहल गरेर कारबाही अगाडि बढाइएको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘जहाँ पढ्दै जाँदा मैले सबै गरेको छु नि । राप्रपाले धन्यवाद छ सरकार भनेको भएपनि हुन्थ्यो भन्ने लाग्यो ।’

राजनीतिक मागहरुमा भने आआफ्नो मत भएकाले केही नभन्ने उनले बताए । ‘विचारको दृष्टिकोणले आ–आफ्ना मतहरु छन्, यसमा केही भन्नु छैन’, उनले भने, ‘तपाईंहरुले गर्ने विरोध शान्तिपूर्ण होस्, लोकतान्त्रिक सीमाभित्र नै होस् र, जनतालाई प्रशिक्षित गर्ने ढंगले होस् भन्ने मेरो अनुरोध छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले भने तत्काल सम्बोधन गर्न सकिने विषय काम थालेर आफूहरुलाई आश्वस्त पार्न आग्रह गर्नुभयो । ‘कतिपय सैद्धान्तिक विषय छन्, त्यसमा हामीले हिँडिरहेको बाटो बाटो ठीक भएन कि भनेर सरकारले छलफल प्रारभ गरोस्’, उहाले अगाडि भन्नुभयो, ‘कहिलेकाहीँ राम्रो बाटो भनेर सोचिएको चिज पनि अलि पर गएपछि मिलेन छ भन्ने हुन्छ । त्यो विन्दुमा देश आइपुगोस् ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *