ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

सुशील बस्नेत
दाङ,२६ माघ

शिक्षा क्षेत्रको समग्र सुधारको लागि शैक्षिक जागरण यात्रा घोराहीबाट शुरु गरिएको छ । यात्रामा क्याम्पस तहका ७ सय बढिको सहभागिता रहको थियो । बीपीचौकहुदै ट्राफिक चौक,निमा चलचित्र क्षेत्रको सडक,दामोदर रोड हुदै तुलसीपुर चौकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा परिषद्का केन्द्रीय सदस्य शरद शर्मा,घोराही नगर स्तरीय सचिव पूर्णजंग मल्ल र लुम्बिनी प्रदेश स्तरीय कमिटिका सहसचिव हरिश बोहराले सम्बोधन गर्नुृभएको थियो ।
बजार परिक्रममा गर्ने क्रममा एक जुट हौ र शिक्षा क्षेत्रको सुधारमा भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरिएको थियो । ठिक गर्छौ तीन काम, प्रबेश परीक्षा परिणाम भन्दै शान्ति पूर्ण प्रर्दशन गरिएको थियो ।
अभियानले शिक्षामा बैदेशिक लगानीको अन्त्य गर्दै कुल बजेटको २० प्रतिशत बजेट बिनियोजन तथा लगानी सुनिश्चित गरियोस्,संबिधानले निर्दिष्ट गरेको माबि तहको शिक्षा नि शुल्क हुने ब्यबस्थालाई अनिवार्य रुपमा कार्यान्वयनन गरियोस्, बिश्वबिद्यालयमा प्राध्यापक नियुक्तिका लागि अनिवार्य रुपमा योग्यता परीक्षा उत्र्तीण गर्नुपर्ने नीतिलाई यथाशीघ्र कार्यान्वयन गरियोस्,नेपालमा अनुमतिबिना र नियम बिपरीत चलिरहेका बिदेशी बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुको अनुगमन तथा खारेजी प्रक्रियालाई तुरुन्त अगाडि बढाईयोस् जस्ता १३ बढि माग सहित प्रर्दशन गरिएको छ ।
माघ महिनाको पहिलो हप्ताबाट देशका ७७ जिल्लामा शुरु गरिएको यो अभियानलाई माघ २८ गते जिल्ला प्रशासन कार्यालय र शिक्षा समन्वय ईकाइ कार्यालयमा ज्ञापन पत्र बुझाई समापन गरिने प्रदेश स्तरीय कमिटिका सहसचिव हरिश बोहराले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *