ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

२२ माघ, काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता लाइन्सेस मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् ।
परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । यसभन्दा अगाडि ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा भने ४६ प्रतिशत मात्रै परीक्षार्थी उतीर्ण भएका थिए ।
परीक्षाको नतिजामा चित्त नबुझे परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।
परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र लिन अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन दिएको मितिले १५ दिन पछि प्रमाण पत्र तयार हुने काउन्सिलले जनाएको छ ।
दर्ता प्रमाणपत्र लिन आउँदा परीक्षणमा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र संकलन प्रमाणपत्र रुजु गरिने हुनाले प्रमाणपत्र लिनका लागि सम्बन्धित परीक्षार्थी नै उपस्थित हुनुपर्ने काउन्सिलले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *