ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

२० माघ, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।
व्यक्तिगत कारणले राजीनामा दिएको उहाले बताउनुभयो । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुनुहुन्छ ।
राजीनामा नदिएको भए उहा ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहनु हुने थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *