१८ माघ, काठमाडौं ।
व्यवसायी अरुण चौधरी पक्राउ पर्नुभएको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले उहालाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उहालाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।
व्यवसायी अरुण चौधरी पक्राउ

