मंसिर ३ गते

आसन्न स्थानीय तह चुनावबारे निर्वाचन आयोगले भोली शुक्रबार बिहान साढे ११ बजे राष्ट्रिय दलका नेताहरूसँग छलफल गर्दै छ । आयोगले निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र दलहरूको सुझाव लिन छलफल गर्न लागेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले नयाँ निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ ।
त्यसबारे जानकारी गराउँदै निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र राजनीतिक दलहरूको सुझाव लिनका लागि छलफल गर्न लागिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि क्रमशस् छलफल गर्ने आयोगले जनाएको छ । प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *