मंसिर २ गते
बंगालको खाडीमा एक महिनाभन्दा कम अवधिमा तीन चक्रवात विकसित भएका छन्।
मौसमविद् डेभिड ढकालका अनुसार अर्नब, मुरासु र अकवान गरी तीन वटा चक्रबाट विकसित भएका हुन । ती मध्ये अकवानले नेपालमा उल्लेख्य प्रभाव पार्ने सम्भावना छैन र हल्का वर्षा मात्र हुन सक्छ।
नयाँ विकसित चक्रवात अकवानको मार्ग पनि भारतको आन्ध्र प्रदेशतर्फ देखिएको छ । भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० का अनुसार नोभेम्बर ४ मंसिरमा आसपास चक्रवातले तटीय क्षेत्र पार गर्ने सम्भावना छ । यो चक्रवात आगामी दिनमा अझै शक्तिशाली बन्दै उत्तर–उत्तरपश्चिम दिशातिर सर्ने आईएमडीले पूर्वानुमान गरेको छ ।
यसअघि गत अक्टुबर २५ मा अर्थात ८ कात्तिकमा बंगालको खाडीमा अर्नब चक्रवात बनेको थियो । त्यसको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा १२ देखि १४ कात्तिकसम्म वर्षा र हिमपात भएको थियो ।
अर्नबको प्रभाव कमजोर भएलगत्तै बंगालको खाडीमा १५ कात्तिकमा मुरासु नामको अर्को चक्रवात विकसित भएको थियो । १७ कात्तिकमा भारत आन्ध्रप्रदेशको दक्षिणी तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको सो चक्रवातको प्रभाव भने नेपालमा खासै परेको थिएन ।
२५ कात्तिकमा भाइटीकाको दिन काठमाडौं उपत्यका र आसपासमा असिना पानी परेको थियो । तर त्यसमा पश्चिमी र स्थानीय वायु जिम्मेवार रहेको मौसमविदहरु बताउँछन् ।
नेपालमा कस्तो पर्ला
अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्हरूले यसलाई नजिकबाट नियालीरहेको जनाएका छन् ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि यसको मार्ग र तीव्रता हेरेर थप आकलन गर्न सकिन्छ । तर अहिलेसम्मको अवस्था हेर्दा यसले नेपालमा उल्लेख्य प्रभाव पार्ने सम्भावना नरहेको उहाले बताउनुभयो ।
‘अहिलेको प्रारम्भिक अनुमान हेर्दा यसले पूर्वतिर बादल ल्याउने सम्भावना छ । वर्षा गराइहाले पनि एक–दुई ठाउँमा हल्का खालको होला । तर यसले लगातार पानी पार्ने, भारी वर्षा गराउने सम्भावना भने अहिलेसम्म देखिएको छैन,’ मौसमविद ढकालले भन्नुभयो।
त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेल पनि अकवान चक्रवातबाट नेपालमा भारी वर्षा हुने सम्भावना अहिलेसम्म देखिएको छैन । ‘आइतबार र सोमबार पूर्वी आधा नेपालका थोरै ठाउँमा हल्का वर्षा हुन सक्छ । अहिलेसम्म भारी वर्षाको स्पष्ट संकेत छैन,’ उहाले फेसबुकमा लेख्नुभएको छ ।

