मंसिर २ गते

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ गर्दैछ।
सरकारले १८ कात्तिकमा कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो भने एआईजी डा। मनोज केसीलाई आईजीमा बढुवा गरेको थियो।
मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र आफूलाई अन्याय भएको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक ९आईजी० दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ ।
सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा हुनुभएको थियो ।
मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।
तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *