२ मंसिर
नेकपा एमालेको आज बुधबारबाट दुई दिने राष्ट्रिय भेला काठमाडौं स्थीत कार्की ब्यांक्वेटमा सुरु हुदैछ । भेलामा देशभरिका ३४ सयभन्दा बढी नेता तथा कार्यकर्ता र जनप्रतिनिधि सहभागी हुनेछन्। २०८३ भदौमा भएको जेनजी विद्रोहपछि सत्ता र शक्ति बाहिर पुगेको एमालेले भेलामार्फत पार्टीलाई एकताबद्ध बनाउँदै स्थानीय र प्रदेशको निर्वाचन तयारी थाल्ने भएको छ।
भेलाको तयारीबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले नयाँ निर्णय लिनेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा भेला केन्द्रित हुने जानकारी दिनुभयो। एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि राष्ट्रिय कार्यकर्ता भेलालाई चुनावी रणनीति र पार्टी परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
भेलालाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्नुहुने छ । पार्टीका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसमाथि सहभागीहरूको सुझावसहित भेला सकिनेछ।

