मंसिर २ गते
तिहार पछि लगातार सुनको मूल्यमा गिरावट भएको छ । आज बुधबार सुनको मूल्य तोलामा ६ हजार ३ सय रुपैयाँ घटेर २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ । तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ, भने तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँ घटेर ३ हजार ३८० रुपैयाँमा झरेको छ ।

