भालुवाङ/कोहलपुर
६ असार
अल्पसंख्य,लोपउन्मुख र सीमान्कृत समुदायको अधिकारका बारेमा स्थानीय तहको अबस्थाका बारेमा सामाजिक परीक्षण दाङ र बाँकेमा गरिएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम)को आयोजनामा राप्ती गाँउपालिका दाङ र बैजनाथ गाँउपालिका बाँकेमा लक्षित समुदायको सहभागितामा सामाजिक परीक्षण गरिएको आयोजक संस्था माहुरी होमका प्रतिनिधि रिखिराम हरिजनले जानकारी दिनुभयो । अल्पसंख्यक र सीमान्तकृत समूहहरूलाई राज्य संयन्त्रद्वारा संरक्षित गरिन्छ र सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारहरूमा पहुँच हुने,लोपोन्मुख जाति समूहहरूलाई लोपोन्मुख समूहको रूपमा दर्ता र सूचीबद्ध गरिने र उनीहरूले पाउने अधिकार र स्रोतहरूको उपभोग गर्ने परियोजनाको उदेश्य रहेको हरिजनले जानकारी दिनुभयो । १५ महिना सम्म सञ्चालन गरिएको परियोजनाको प्रभाबकारिताका बारेमा बिहिबार राप्ती गाँउपालिकामा गरिएको सामाजीक परीक्षणमा लक्षित समुदायको सहभागिता रहेको थियो ।
उनीहरुले अल्पसंख्य,लोपउन्मुख र सीमान्कृत समुदायको प्रोफाईल निर्माण गरिनुपर्ने,आयआर्जन र जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिनुपर्ने,सशक्तिकरण तथा नेतृत्व बिकासका लागि क्षमता विकास तालिम दिनुपर्ने,पहिचान गुम्ने गरि बढदो थर परिवर्तनलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने,समुदायको थरमा बिबिधता हुदा पहिचानमा समस्या र बिद्यालय केन्द्रित कार्यक्रम लागु गरि अल्पसंख्य,लोपउन्मुख र सीमान्कृत समुदायका बालबालिकाहरु मात्र नभई साहारा बिहीन, द्धन्दपीडित, बिपन्नहरुलाई शैक्षिक,पूर्नस्थापना र छात्रबृत्तिको ब्यबस्था गर्नुपर्ने लगायतका सुझाब दिएका थिए ।
यसरी सुझाब दिनेहरुमा शान्ता कुमाल,रमेश गुरुङ, प्रधानाध्यापक शशिकपुर कार्की,नागरिक समाजका महेश रिजाल लगायतका हुनुहुन्छ ।
संस्थाका प्रतिनिधि रिखिराम हरिजनको अध्यक्षता एबम राप्ती गाँउपालिकाका उपाध्यक्ष कलावति चौधरीको प्रमुख आतिथ्यतामा भएको सामाजिक परीक्षणमा संस्थाको तर्फबाट प्रतिबेदन रिखिराम हरिजनले प्रस्तुत गर्नुभएको थियो । भने स्वागत मन्तब्य सामाजिक परिचालक सुनीता नेपालीले गर्नुभएको थियो ।
त्यस्तै बाँके जिल्लाको बैजनाथ गाँउपालिकामा माहुरी होमका प्रतिनिधि रिखिराम हरिजनको अध्यक्षता एबम गाँउपालिकाका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यतामा शुक्रबार सामाजिक परीक्षण सम्पन्न भएको छ । सो अवसरमा सहभागि लक्षित समुदायका तर्फबाट मोहमद मुद्धिन,कुशुम गन्धर्भ,सपना बादी,कुशल दर्लामीलगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
त्यस्तै, वडा अध्यक्ष भपाल पुन र प्रेमबहादुर शाही, कार्यपालिका सदस्य फरिद्धीन लगायतले बिभिन्न सुझाबका साथ प्रतिबद्धता जनाउनुभएको थियो ।
माहुरी होमका प्रतिनिधि रिखिराम हरिजनले परियोजनाका बारेमा प्रस्तुतिकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य सामाजिक परिचालक दिनेश ठाकुरले गर्नुभएको थियो । राप्ती गाँउपालिका दाङ र बैजनाथ गाँउपालिकाको सामाजिक परीक्षणको सहजिकरण संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

