घोराही,२३ जेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाको अधिबेसन शनिबार घोराहीमा सम्पन्न भएको छ । अधिबेसनबाट किरण खनाल निर्वाचित हुनुभएको छ । सहमतिको प्रयास असफल भएपछि भएको मतदानबाट खनालले १ सय ९६ मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धामा विनय घिमिरेले १ सय २४ , केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गर्नुभएको थियो ।
उपसभापतिमा निराजन थापा बिजयी हुनुभएको छ । उहाँले २ सय ४१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सुनीता रावतले ८९ मत प्राप्त गर्नुृभयो । सचिव पदमा असिम भुषालले २ सय मत प्राप्त गरि बिजयी हुनुभयो । भने उहाका प्रतिस्पर्धी बलिराम खत्रीले १ सय २३ मत प्राप्त गर्नुभयो ।
सहसचिव पदमा प्रमिला रोका मगरले १ सय ४८ मत प्राप्त गरि बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी दिपक गैरेले १ सय ८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

