जेष्ठ ७
राप्ती प्रादेशिक अस्पतालले वर्षौंदेखि मंगलबार अमिन खटाएर आफना् जमिनको चारकिल्ला छुट्याएको छ । जसमा अस्पतालको मूलगेटदेखि दक्षिण–पूर्वतर्फ नामिनगर टोल, इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि पश्चिमतर्फको क्षेत्र र रानीजरुवा क्षेत्रमा गरी करिब डेढ बिगाह जमिन अतिक्रमणमा परेको छ भने करिब ५५ वटा घर अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

संघीय सरकारले अतिक्रमित सरकारी जमिन खोजेर आफ्नो मातहतमा ल्याउन निर्देशन गरेसँगै अतिक्रमणको वास्तविक क्षेत्रफल र अवैधरुपमा बनेका संरचनाको यकिन तथ्यांक ल्याउन चारकिल्ला छुटयाइएको अस्पतालका प्रशासन प्रमुख हुकुम वलीले जानकारी दिनुभयो ।
विगतमा गृह मन्त्रालयअन्तर्गत रहेको यो जमिनमा २०६४ साउन २२ गते अस्पतालको नाममा पास भएको थियो । उक्त समयमा अस्पतालको नाममा ६ बिगाह १८ कठ्ठा जमिन कायम गरिएको थियो । धेरैजसो अतिक्रमण अस्पतालको नाममा जग्गा आउनु अगावै भएको थियो भने रानीजरुवा क्षेत्रको र इलाका प्रहरी कार्यालयनजिकको केही भाग पछि अतिक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ । नापजाँचको काम सकिए पनि आगामी प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै छलफल नभएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
‘एक चरणको काम सकिएको छ ।
अस्पतालको जमिनमा अस्पतालकै भोगचलन हुनुपर्ने हो तर केही जमिन अतिक्रमण भएको देखिएको हुँदा अस्पताल प्रशासनले अतिक्रमण हटाउने कार्यको थालनी गरेको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो । ‘सीमाकै विषयमा विवाद भएका कारण नापजाँचको काम भएको रहेछ । नापी कार्यालय, तुलसीपुर उपमहानगरपालिका र अस्पताल प्रशासनले नापजाँच गरेर ४ किल्ला छुट्याएका छन् ।
मंगलबार गरिएको नापजाँचमा अस्पतालको मूलगेटदेखि दक्षिण–पूर्वपट्टी नामिनगर टोलमा आठवटा घर अस्पतालको जमिनमा बनेका छन् । यी घरहरु अस्पतालको १ कठ्ठा १ धुर र बाँकी अरनिको मैदान छेउको चिराको जमिनमा बनेका छन् ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको नीतिअनुरुप अस्पतालले अबको केही दिनभित्रै अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *