चखौरा दाङ, बैशाख २८
‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावाँ–बरघर–भलमन्साहरूको अन्तर प्रदेशस्तरीय सम्मेलन र अनुभव आदान–प्रदान’ कार्यक्रम सोमबार आयोजना गरिएको छ । ‘मटावाँ–बरघर–भलमन्सा संघ’ केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके र सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङले समन्वय तथा सहकार्य गरेका छन् । यो कार्यक्रमको सहजीकरण र समन्वय गरेको छ । दाङको दंगीशरण गाउँपालिका– ३ चखौरामा हुने यो सम्मेलनमा लुम्बिनी, सुदूर र कर्णाली प्रदेशका करिब १ हजारभन्दा धेरै मटावाँ–बरघर–भलमन्साका प्रतिनिधिहरू सहभागी भएर आफ्आफ्ना अनुभव आदानप्रदान समेत गर्नेछन्। दुई दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गर्नुहुनेछ ।
त्यसैगरी यो सम्मेलनमा थारू समुदायको पौराणिक, ऐतिहासिक र सांस्कृतिक पक्षसँग सम्बन्धित विभिन्न शत्रहरू पनि सञ्चालन हुनेछन्।
जसअनुसार थारू समुदाय र आर्थिक सशक्तिकरण, प्रथाजनित कानून, अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीति, थारू संस्कारको संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन तथा बालबिवाहमुक्त नेपालका लागि मटावाँ–बरघर–भलमन्साको भूमिका र कानुनी प्रावधानलगायतका विषयवस्तुहरूसँग सम्बन्धित छलफल शत्रहरू हुनेछन्
ियी विषयहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरी, प्रा.डा. कृष्ण भट्टचन, बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी, थारू संस्कृतिविद् अशोक थारू, इलाका प्रहरी कार्यालय प्रमुख होमबहादुर पराजुली र बेस संस्थाका कार्यक्रम निर्देशक पिंकी डाँगीलगायतले स्रोत व्यक्तिकारुपमा भूमिका निर्वाह गर्नुहुनेछ।
उक्त कार्यक्रममा थारू समुदायमा प्रचलित प्रथाजनित कानुन बनाउने र लागु गर्ने स्थानीय पालिका, गुर्वा तथा मटावाँहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

