बालापुर,२५ बैशाख
तुलसीपुर दाङ सुन चाँदी ब्यबसायी संघले तुलसीपुरको सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण गराएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ स्थीत माध्यामिक बिद्यालय बालापुरमा अध्ययनरत दलित,अति बिपन्न र गरिव परिवारका बालबालिकालाई पोशाक,ब्याग,कपि कलम बितरण गरेको हो । त्यसअवसरमा बिद्यार्थीहरुलाई खाजा स्वरुप बिस्कुट समेत बितरण गरिएको थियो ।
तुलसीपुर दाङ सुन चाँदी ब्यबसायी संघका अध्यक्ष हरिकृष्ण बि.क.को अध्यक्षता एबम संवाद समूहका बरिष्ठ सहजकर्ता एबम अधिकारकर्मी सुशील बस्नेतको प्रमुख आतिथ्यता तथा माध्यामिक बिद्यालय बालापुरका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक के.सी.को बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमका बक्तहरुले सबै वर्ग समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच हुनुपर्ने चर्चा गर्नुभयो ।
शिक्षामा पहुँच हुन नसक्नु गरिवीको कारण प्रमुख रहेको भन्दै यस प्रकारका संघसंस्थाको सहयोगले राज्यलाई सहयोग पुग्नेमा जोड दिईएको थियो । त्यसअवसरमा १० जना अति दलित,अति बिपन्न गरिव परिवारका बालबालिकालाई ती सामाग्री बितरण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी एबम अधिकारकर्मी सुशील बस्नेत,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक के.सी., नेपाल सुनचाँदी ब्यबसायी महासंघका केन्द्रिय सदस्य द्धय मदन के.सी. र लोकबहादुर स्वर्णकार,बिद्यालयका प्रधानाध्यापक गणेशमान खडका लगायतले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको बिकास हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि राज्य तहबाट मात्र नभई नीजि क्षेत्र तथा गैरसकारी संघसंस्थाको पनि महत्वपूर्ण भूमिका हुने उहाँहरुले बताउनुभयो ।
तुलसीपुर दाङ सुन चाँदी ब्यबसायी संघका महासचिव तुलसीराम सुनारले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा संघका कोषाध्यक्ष लिल बहादुर वलीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । प्रत्येक बर्ष सामाजिक उत्तरदायीत्व योजना अनुसार सामुदायिक बिद्यालय केन्द्रीत कार्यक्रम गर्दै आएको संघले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *