तुलसीपुर दाङ, २५ बैशाख
बिश्व रेडक्रस दिवस,दाङ जिल्ला शाखा स्थापना दिवस एवम नारायण भगवति स्मृति ग्रन्थको बिमोचन कार्यक्रम शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको आयोजनामा दिवसका अवसरमा स्मृति ग्रन्थको समेत बिमोचन गरिएको हो । रेडक्रस दाङका सभापति मदन गौतमको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी खड्काले बिपत्तको सहारा रेडक्रस भएको भन्दै चर्चा गर्नुभयो ।
सो अवससरमा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका संस्थापक मन्त्री नवराज रजौरे,शाखाका पूर्व सभापति डिल्लीबहादुर के.सी., राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका पूर्व अध्यक्ष एबम नेपाल सरकारका पूर्व सहसचिव डा. बिष्णुकुमार देवकोटा,समाजसेवि कृष्ण प्रसाद आचार्य,नवराज देवकोटा, संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, नेपाल रेडक्रस सोसाईटी दाङका उपसभापति हरिहर पौड्ेल, घोराही उपशाखाका सभापति थम्मन चौधरी लगायतले रेडक्रसले खेल्दै आएको अत्यन्तै महत्वपूर्ण कार्यको प्रशंसा गर्नुभएको थियो । रेडक्रसबाट दाङका देउखुरीको लमही, घोराही र तुलसीपुर सञ्चालित रक्त संचार केन्द्रले रगत आपुर्ति गरी जिवन बचाउन सहयोग पुरयाएको उहाँहरुले बताउनुभयो । यसैबिच, नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको २४ बर्ष सभापति भई अतुलनीय योगदान पुरयाउनुभएका स्वर्गीय नारायण आचार्य र झण्डै ३५ बर्ष नेपाल रेडक्रस सोसाईटीका बिभिन्न पदमा रहि केन्द्रीय सदस्य समेत समाल्नुभएकी उहाँकी श्रीमति भगवती शर्माको स्मृतिमा प्रकाशन गरिएको स्मृति ग्रन्थको समते बिमोचन गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका जिल्ला सदस्य एबम जुनियर सर्कलका संयोजक भिमलाल मरासिनीले स्वागत मन्तब्य र सहजिकरण शाखाका मन्त्री प्रकास श्रीबन्दले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *