तुलसीपुर,१२ माघ ।

दाङको तुलसीपुरमा एम्बुलेन्स चालकहरुले रक्तदान गरेका छन । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड यूनियन संघ)को छैठौ स्थापना दिवसको अवसरमा ईकाई कमिटी तुलसीपुरको आयोजनमा बिहिवार रक्तदान गरिएको हो ।

रगतको अभावमा बिरामीले सास्ती भोग्नु नपरोस भन्ने हेतुले २५ जना चालकहरुले रक्तदान गरेको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ईकाई कमिटी तुलसीपुरका सचिव केशबराज कडेलले जानकारी दिनुभयो । यस्तै रक्तदान नै जिवनदान भएको र पश्चिम दाङमा रगतको अभाब हुन नदिनका निम्ती रक्तदानको आयोजना गरिएको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ईकाई कमिटी तुलसीपुरका अध्यक्ष लोकराज महतराले जानकारी दिनुभयो । रक्तदानका गरेका चालकहरुका निम्ती मोडेल फार्मेसी नेपालगन्जका सञ्चालक भिम भण्डारीले पौष्टिक खानेकुरा सौजन्य गर्नुभएको थियो ।

बिहिवार स्थापना दिवसको अवसरमा विरेन्द्र चोक तथा राप्ती प्रादेशिक अस्पतालमा द्वीप प्रज्वलन गरिएको थियो भने तुलसीपुरमा एम्बुलेन्स र्याली समेत निकालिएको थियो  । बिभिन्न अवसर पारेर एम्बुलेन्स चालकहरु पनि सामाजिक कार्यमा अग्रसर हुदै आएका छन् ।

By admin

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *