दाङ, १२ माघ ।
दाङ तुलसीपुरको अरनिको मैदानमा मानव सेवा आश्रमको आयोजनामा माघ १३ गतेदेखि २० गतेसम्म संचालन हुने श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने भएको छ ।

सडकआश्रित मानबहरुको आश्रम स्थल निर्माण गर्ने उदेश्यका साथ महायज्ञ संचालन गर्न थालिएको हो । सडक मानवहरुको आश्रयस्थलको निर्माणार्थ आयोजना गर्न थालिएको महायज्ञमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने मुख्यमन्त्री चौधरीले बताउनुभएको छ ।

