चैत २८
प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन् । हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिनुभएको हो ।
प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन् ।
यस्तै संघीय संसद्का संयुक्त समिति पनि गठन भएका छन् । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन भएका हुन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *