ब्रेकिङ न्युज
Sat. May 30th, 2026

२७ चैत्र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यसूची छ। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को तर्फबाट ५९ वर्षीया सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट २६ वर्षीया रुबी कुमारी चुनावी मैदानमा छन्। रुबीलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि समर्थन रहेका कारण उनी निर्वाचित हुने लगभग पक्का भएको छ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्नुहुने छ । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
त्यसलगत्तै उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। बैठकमा ज्ञान बहादुर शाहीले ‘यस सभाका माननीय सदस्य मा. सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यो प्रस्तावलाई ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नुभएको छ ।
त्यस्तै, अर्का उम्मेदवारका तर्फबाट आरेन राईले ‘यस सभाका माननीय सदस्य मा. रुबी कुमारीलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । उक्त प्रस्तावको समर्थकमा अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौला रहनुभएको छ । दुवै प्रस्तावमाथि सदनमा छलफल र मत विभाजन भएपछि उपसभामुखको टुंगो लाग्नेछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *