२५ फाल्गुन
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताउनु भएको छ |
उपसभापति विश्वप्रकाश शर्मासँग आज सोमबार भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताउनुभएको हो |
उहाँहरू बीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो।
म सभापति पदबाट राजीनामा दिन्छु , सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा नगर्न सुझाव दिनुभएको छ |
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने कुरा सभापति थापाले उपसभापति शर्मासँग राख्नुभएको थियो |
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको ५० दिनमा चुनाव भएकोले चुनावी पराजयको समग्र सूक्ष्म समीक्षा गरेर स्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने कुरा उपसभापति शर्माको थियो। सभापतिले पदबाट राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिन नहुने शर्माले बताउनुभएको थियो
| फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारीहरू पराजित हुनुभएको थियो | कांग्रेसले १८ सिटमा मात्रै जित हासिल गरेको थियो।

