फागुन २३ गते

बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । १६५ निर्वाचन क्षेत्र मध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ ।
प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १६ क्षेत्रमा जित निकालिसकेको छ । रास्वपाले अग्रता लिइरहँदा अन्य पूराना दलहरू भने जमानत समेत जोगाउने चुनौतीमा छन् ।

रास्वपाले जितेका १७ क्षेत्र
धनुषा–३ मा रास्वपाका मनिष झाले जितनु भएको छ । उहाले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गर्नुभयो ।
कास्की–३
रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित हुनुभएको छ ।
अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गर्नुभएको हो ।
काठमाडौं–१०
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी हुनुभएको हो ।
दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्कीले ८,१०० मत ल्याउनुभयो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा पर्नुभयो ।
मोरङ–४
मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी हुनुभयो ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उहा विजयी हुनुभयो। उहाँले ४०८३३ मत प्राप्त गर्नुभयो भने घिमिरेले १२८१८ मत प्राप्त गर्नुभयाmे ।
कास्की–२
पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित हुनुभयो । एमालेले जित्दै आएको क्षेत्रमा उहाले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गर्नुभयो ।
उहाले कुल ३१ हजार ९११ मत पाउँदा उहाका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गर्नुभयो ।
काठमाडौं–५
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी हुनुभएको छ ।
उहाले नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराउनुभयो ।
काठमाडौं–४

२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि जित्नुभएको छ । उहाले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराउनुभयो । उहाले २९ हजार १८२ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं–६
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाउनुभयो । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित हुनुभयो ।
काठमाडौं–८
२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुन यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ ।
विवेकशील साझाबाट सुरु भएको उहाको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म बन्न पुग्नुभएको छ । उहाँले २४ हजार ५९२ मत ल्याउनुभयो ।
काठमाडौं–३
काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याउनुभएको थियो । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुनुहुन्छ ।
काठमाडौं–१
रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम थियो । उहाले आफ्नो राजनीतिक करियर विवेकशील नेपाली पार्टीबाट गर्नुभएको थियो ।
उहाँ रास्वपाको समानुपातिक सूचिमा हुनुहुन्थ्यो । तर, उनीमाथि आलोचना भएपछि प्रत्यक्षमा उम्मेदवारी दिनुभयएको थियो । उहाको निर्वाचन क्षेत्रमा प्रबल थापा क्षेत्री(कांग्रेस), रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) जस्ता चिरपरिचित प्रतिस्पर्धी हुनुहुन्थ्यो । कुल मत १५ हजार ४५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउनुभयो ।
काठमाडौं–९
यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गर्नुभयो । उहाले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकाल्नुभयो ।
उहाका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र ल्याउनुभयो । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।
मोरङ–६
रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित्नुभएको छ । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित आचार्यले जित्नुभएको हो ।
उहा ५५ हजार ५१३ मतसहित विजयी भएकी हुनुभयो । उहाका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभयो ।
त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गर्नुभयो ।

बाँके १
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित हुनुभएको छहा। उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याउनुभयो । त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याउनुभयो । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याउनुभयो ।

स्याङ्जा–१
स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी हुनुभएको छ ।
२९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी हुनुभएको हो । उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाउनुभयो ।
नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याउनुभयो ।

रुपन्देही–४
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित हुनुभएको छ । उहाले २८०६६ मत ल्याउनुभयो । उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याउनुभयो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याउनुभयो ।
नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याउनुभयो । राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याउनुभयो ।

तेह्रथुम
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ । उहाले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराउनुभयो । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाउनुभयो । नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत पर्‍यो ।

नेपाली कांग्रेसले जित हासील गरेको क्षेत्र
नेपाली कांग्रेसले मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी चार वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
दैलेख १
करिब १२ वर्षपछि कांग्रेसले दैलेख १ मा आफ्नो उम्मेदवार उठाएको थियो । होटल व्यवसाय पनि सञ्चालन गरिरहेकी काग्रेस नेतृ बासना थापाले १२ हजार ३७२ मत ल्याउनुभयो । उहाका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभयो ।
रसुवा–१
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले १० हजार ६सय ५६मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
उहाका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गर्नुभयो ।

मुस्ताङ–१
कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुनुभयो । उहाले ३३०७ मत ल्याउनुभयो । उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याउनुभयो । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्नुभयो ।

मनाङ–१
मनाङ १ बाट टेकबहादुर गुरुङले जित निकाल्नुभयो । यसअघि दुई पटक संसदमा पुगिसकेका यो उहाको तेस्रो जित हो ।
नेपाली कम्युनिष्ट पार्टी
रूकुम पूर्व–१
साना कम्युनिष्ट पार्टीहरूलाई एक बनाएर निर्वाचनमा होमिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ बाट निर्वाचित हुनुभयो । उहाले यसपाली १० हजार २४० मत ल्याउनुभयो । उहाले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्नुभयो ।
कालिकोट–१
यस निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्र बहादुर शाहीले दोस्रो जित निकाल्नुभयो । उहाले अन्य दलका उम्मेदवारहरू पछि पार्दै ११ हजार ३३६ मत ल्याएर विजयी हुनुभएको छ ।
दश वर्षे सशस्त्र संघर्षका एक कमान्डर महेन्द्रबहादुर २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि बनेको कर्णाली प्रदेश सरकारको पहिलो मुख्यमन्त्री हुनुहुन्छ।
नेकपा एमाले
बाँके–२
नेकपा एमालेले पहिलो जित बाँके–२ बाट निकालेको हो । एमालेमा नवप्रवेशी मोहम्मद ईश्तियाक राईले बाँके–२ बाट पहिलो जित दिलाउनुभयो । २४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी बन्नुभयो । श्रेष्ठले १८ हजार ५८१ मत ल्याउनुभयो । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिनुभएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *