दाङ,२१ फागुण
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका ३ वटा वडाका मध्यबर्ति क्षेत्रका मतदाताले मतदानमा भाग लिएनन ।
बबई गाउँपालिका वडा नं १ को जिला स्थीत जनता आ बि ववईमा ६८२ मतदाता र वडा नम्वर ७ स्थीत देउती माबि मलईमा ५३० मतदाता रहेको मतदान स्थलमा मतदान हुन सकेको छैन | त्यस्तै मध्यबर्ती क्षेत्रको दंगीशरण गाँउपालिकाका वडा नम्वर १ फुर्केसल्ली मतदान केन्द्रमा १ हजार ५ सय बढि मतदाता गरि झण्डै दुई हजार ७ सय बढि मतदाता छ्न ।
५० वर्षभन्दा पहिले नै मानव बसोबास रहेको उक्त क्षेत्रलाई बाँके राष्ट्रिय निकुञ्ज घोषणा पछि मध्यबर्ती क्षेत्र पर्दा बन्यजन्तुबाट निकै दुख भोग्नु परेको भन्दै तत्काल उक्त क्षेत्रका नगारिकलाई उपयुक्त स्थानमा स्थान्तरणको माग गर्दै आएका छन् ।
फागुण २१ गतेको निर्वाचनमा भाग लिनका लागि एक सुत्रे माग बस्ती स्थान्तरणका प्रतिबद्धता राजनीतिक दल र उम्मेदवारबाट हुनुपर्ने जोड दिदै आएका थिए । तर दल र उसका उम्मेदवारको प्रतिबद्धता नआउदा बिश्सस्त नभएका बस्तीका नागरिकले मतदानमा भाग नलिने बताएका थिए ।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्यस क्षेत्रका नागरिकाहरुलाई राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले मानवीय तथा घरपालुवा जनावर एवं बालीनालीमा क्षति पु¥याउने गरेका छन् । तर पनि त्यहाँका नागरिकलाई जोखिमयुक्त स्थानमा बसोबास गर्नुको विकल्प नरहेको मध्यबर्ती क्षेत्र पीडित तथा स्थानीय पत्रकार प्रेम पुनले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज भएकै कारणले तीन वटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नसमेत नसक्दा राज्यले दिने सुविधाबाट बञ्चित भएको अवस्थामा त्यहाँबाट बस्ती सार्नुको विकल्प नरहेको स्थानीय पुनले बताउनुभयो ।’
सोही क्षेत्रमा बसोबास गर्ने पीडित नागरिकहरुको जिउधनको सुरक्षा र राज्यको तर्फबाट नागरिकलाई उपलब्ध गराइने सेवा, सुविधाको पहुँच पु¥याउन र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पनि कायम राख्न बस्ती स्थानान्तरण गर्न आबश्यक रहेको नोखिराम बस्नेतले बताउनुभयो ।
बस्नेतका अनुसार पीडित नागरिक आक्रोसित हुँदै आगामी प्रतिनिधिसभाको निर्वाचनमा भोट नहाल्नेसमेत निर्णय गरेका थिए । अहिले त्यहाँका नागरिकको विद्रोहले गर्दा कुनै पनि उम्मेदवार भोट माग्नसमेत गएका छैनन् । विगतमा सोही ठाउँमा सबै जसो उम्मेदवारहरु भोट माग्न सोही ठाउँमा पुग्ने गर्थे । त्यहाँ सडक सञ्जालको पनि सहज पहुँच छैन । फोनले पनि राम्रोसँग काम गर्दैन । जंगली जनावरले बालीनाली खाइदिँदा पनि त्यसलाई केही गर्न नमिल्ने अवस्था छ ।
मध्यबर्ति क्षेत्रमा मतदान शुरु हुन सकेन

