ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

नेपालमा आज प्रतिनिधि सभा सदस्य पदको निर्वाचन हुदैछ | बिहान ७ बजेदेखि मतदान, अपराह्न ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने छ्न | 

जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा बिहीबार मतदान हुँदै छ । मतदानलाई सुरक्षित र व्यवस्थित रूपमा पूरा गराउन सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुन्न निर्वाचन हुँदै छ । १ करोड ८९ लाख ३ हजार ६ सय ८९ नागरिकलाई मताधिकार छ | 

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् । एक उम्मेदवार अन्य लिंगको रहेको आयोगको विवरण छ । प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट २ हजार २ सय ६३ र स्वतन्त्र रूपबाट १ हजार १ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *