ब्रेकिङ न्युज
Tue. Mar 3rd, 2026

प्रबृत्ति शाह
१६ फागुण

दाङमा क्रियाशिल राजनीतिक दलले निर्वाचन आचारसंहिता २०८२ पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार तुलसीपुरमा आयोजना गरिएको निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयन तथा संवादका बिभिन्न चरणमा प्राप्त सुझाबमा सरोकारवालाको भूमिका बिषयक संवादमा सहभागि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लामा राजनीतिक सहिंष्णुता कायम गर्न प्रतिबद्ध जनाएका हुन ।
उनीहरुले सुचना प्रबाहमा ध्यान दिईने, आ आफ्ना कार्यकर्ताको तल्लो तह सम्म मर्यादित बनाउने,सुरक्षा निकाय,निर्वाचनमा खटिएका सबै पक्षलाई सहयोग गर्ने तर प्रभाबमा नपार्ने लगायतका प्रतिबद्धता जनाएका छन् । अपाङगता भएका ब्यक्ति, सुत्केरी,गर्भवति,जेष्ठ नागरिक,बिरामी लगायतलाई मतदानमा सहज पहुँच बनाउने,मौन अबिधिको समयमा आचारसंहितालाई पूर्णरुपमा पालना गर्ने साझा बुझाई गरिएको सहभागि दलका प्रतिनिधिहरुले जानकारी दिए ।
सो अवसरमा नेपाली काग्रेस निर्वाचन प्रचार प्रसार परिचालन समितिका राजु आचार्य, नेकपा डिल्ली अधिकारी,राष्ट्रिय स्वतन्त्र पार्टीका जीवन भण्डारी, राप्रपाका नेत्र लामिछाने,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि ऋषि पौड्ेल र उत्तम भण्डारी, नेकपा माओबादीका प्रदिप ओलीले निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहित र बिश्वसनिय बनाउन पार्टीले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उपसचिव पुष्पराज पौडेलले प्राप्त सुझाबलाई निर्वाचन प्रक्रियामा सहज र ब्यबस्थापन गर्ने जानकारी दिनुभयो ।
त्यसअवसरमा राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुख गणेश पाद्र्ये, उच्च अदालत बार तुलसीपुरका प्रतिनिधि अधिबक्ता श्रीराम चौधरी, प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी,अधिकारकर्मी पदमा चौधरी,नवयुवाका प्रतिनिधि रंजना कामी र प्रशंसा केसी, राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्मा,नेत्रहीन संघ दाङका अध्यक्ष रामबहादुर खडका,प्रेम कुमाल, पत्रकार दिपक बोहरा लगायतले राजनीतिक दलहरु बिचमा सहिंष्णुता कायम गर्नुपर्नेमा जोड दिदै नागरिकलाई शान्तिपूर्ण मतादन गर्ने वातावरण र सबैको पहुँचका लागि आग्रह गरेको थिए । यसअघि संवाद समुहले सञ्चालन गरेको बुटवल,नेपालगँज केन्द्रका बिभिन्न जिल्लाबाट प्राप्त सुझाबको प्रस्तुतिकरणका साथै कार्यक्रमको सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *