ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

फागुन १८ गते

आज फागु पुर्णिमा काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । सरकारले पहाडी जिल्लामा आज सोमबार सार्वजनिक बिदा दिएको छ। भोली मंगलबार तराई मधेस र भित्री मधेसमा होली पर्व मनाईने छ । यी क्षेत्रमा भोली सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको सन्देशसहित प्रेमभाव र आत्मीयताका साथ अबिर र रंग दलेर मनाउने परम्परा छ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।
प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *