सुशील बस्नेत
तुलसीपुर,माघ ७
पुरुष ५४३ र महिला ५६ जनाले उम्मेदवारी दर्ता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय,दाङका अनुसार गुल्मीमा ४३ जना,पाल्पामा ३०,अर्घाखाँची १५,रुपन्देही १सय ५७, कपिलबस्तु ९८,रुकुम(पुर्वीभाग) १२,रोल्पा १२,प्यूठान १४,दाङ ६२,बाँके ६०,बर्दिया ४० र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ५६ जनाले उम्मेदवारी दिएका छन् । जसमा गुल्मीमा पुरुष ३८ र महिला ५, पाल्पा पुरुष २८ र महिला २, अर्घाखाची पुरुष १४ र महिला १,रुपन्देही पुरुष १ सय ३६ र महिला २१, कपिलबस्तु पुरुष ९४ र महिला ४, रुकुम(पूर्वीभाग) पूरुष १० र महिला २,रोल्पा पुरुष १२ र महिला सुन्य,प्यूठान पुरुष १३ र महिला १, दाङ पुरुष ५७ र महिला ५,बाँके पुरुष ५५ र महिला ५ , बर्दिया पुरुष ३५ र महिला ५ र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम ) पुरुष ५१ र महिला ५ जनाले उम्मेदवारी दिएका छन् ।
लुम्बिनी प्रदेशमा पुरुष ५ सय ४३ र महिला ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीतिक दल
गुल्मीमा २०,पाल्पा २३,अर्घाखाची १२,रुपन्देहीमा ९४ , कपिलबस्तुमा ४९, रुकुम(पूर्वीभाग) ११,रोल्पा १०,प्यूठानमा १४,दाङमा ४३,बाँकेमा ४९,बर्दियमा ३६ र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) ३३ वटा राजनीतिक दलले आ आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार
गुल्मीमा २३,पाल्पामा ७,अर्घाखाचीमा ३,रुपन्देहीमा ६३, कपिलबस्तुमा ४९,रुकुम(पूर्वीभाग) १, रोल्पा २, प्यूठानमा छैन भने दाङमा १९ जना, बाँेकमा ११, बर्दियामा ४ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )मा २३ गरी लुम्बिनी प्रदेशका ११ जिल्लामा २ सय ५ जनाले स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशमा ५९९ जना,महिला ५६ जनाको उम्मेदवारी

