ब्रेकिङ न्युज
Thu. Mar 12th, 2026

१४ मंसिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली सोमबारका लागि सारिएको छ। सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो। नेताहरूले महाधिवेशन पुसपछि गर्ने वा नियमित महाधिवेशन गर्ने विषयमा सहमति जुटाउन सकेका छैनन्।
महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक पर्सि सोमबारका लागि सारिएको जानकारी दिनुभयो । महाधिवेशनको मितिबारे कांग्रेसमा आन्तरिक किचलो लम्बिँदा सभापति शेरबहादुर देउवा आफैंले अग्रसरता लिएर छलफल गरिरहँदा पनि नेताहरूबीच सहमति जुट्न सकेको छैन ।
शनिबार पनि सभापति देउवाले नेताहरूसँग छलफल डाकेका थिए । शनिबार छलफलमा सभापति देउवा पुस मसान्तभित्र महाधिवेशन गर्न सहमत भएका कांग्रेस स्रोतले बताएको छ । ती नेताका अनुसार विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड छ ।
देउवासँग महाराजगञ्जमा भएको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनुभएको थियो ।
‘आज सभापतिजीले विशेष महाधिवेशन नगरौ भन्ने मेरो धारणा हो । मंसिर, पुस, माघ जहिले हुन्छ नियमित महाधिवेशन गरौं । मिलेर जाऔँ भन्नू भो । गगन जीले विशेष महाधिवेशनको माग फिर्ता लिने जिम्मा म लिन्न भन्नुभयो,’ ती नेताले जानकारी दिए ।
महामन्त्री थापाले जेनजी आन्दोलनको विकसित परिस्थितिमा विशेष महाधिवेशमै जानुपर्ने माग गर्दै आउनुभएको छ ।
नेताहरू रमेश लेखक, शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्माले पनि पुसमा नियमित महाधिवेशन नै गर्दा उपयुक्त हुने मत राख्नुभएको थियो । तर, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको बताउनुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *