ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

कात्तिक २ गते

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने सहमति गरेका छन्। ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ८० प्रतिशत छुट दिइने प्राधिकरणले जनाएको छ। उड्डयन प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ, छुट पाउने ५० प्रतिशत भनेको सरकारले तोकेको अधिकतम भाडा दरमा हो । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार सहमति भएको हो ।
छुट सबै सेक्टरका लागि लागू हुनेछ र न्यूनतम ५० प्रतिशत छुट सबै उमेर समूहका फरक क्षमता भएका यात्रुलाई पनि दिइने प्राधिकरणले बताएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो । त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ ।
जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणको भनाइ छ ।
छुट सहमति आइतबारदेखि नै कायान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरूलार्य निर्देशन दिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *