ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

४ कार्तिक

प्रधानमन्त्री र राजनीतिक दल बिच मंगलबार आगामी फागुण २१ गतेको निर्वाचनका सम्बन्धमा पहिलो पटक छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले डाकेको बैठकमा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओबादी लगायत ११ वटा राजनीतिक दलका प्रतिनिधिहरुको सभहागिता रहेको थियो । त्यसक्रममा निर्वाचनमा जाँदा तिहार र छठपछिको अवस्थाका लागि सरकारले कसरी तयारी गरिरहेको छ भन्ने प्रश्न पनि बैठकमा उठेको थियो ।
प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनका लागि सरकारका मन्त्री र सुरक्षा अंगहरू अहोरात्र खटिइरहेको जानकारी दिनुभयो । उहाले दलहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्दै भन्नुभयो, चुनावको वातावरण बनाउन अहोरात्र खटिएर मन्त्री, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ ।
राजनीतिक दलहरूसँगको संवाद सौहार्दपूर्ण रहेको पनि प्रधानमन्त्री कार्कीले दलहरूको सहयोगमा नै चुनाव सफल हुने बताउनुभयो । उहाले दलहरूको सहयोगबिना सरकारले मुख्य ध्येय रहेको निर्वाचन सफल नहुने बताउनुभयो ।
बैठकमा गृहमन्त्री अर्यालले सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको थियो । उहाले भड्काउ अभिव्यक्ति दिने दलका नेताहरूले गर्दा सुरक्षा व्यवस्थामा चुनौती आउनसक्नेतर्फ सचेत गराउनुभएको थियो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा दलहरूसँग सरकारले छलफल गरेको थियो । बालुवाटारमा प्रधानमन्त्रीले दलहरूसँग छलफल गर्नका लागि पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई राख्नुभएको थियो।

गृहमन्त्री अर्यालयको आलोचना

जेन जी आन्दोलनपछि चुनावी प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग पर्यवेक्षक राखेर गरेको संवादमा गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र गतिविधिको आलोचना भएको छ ।
चुनाव गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने जिम्मेवारीमा रहेका गृहमन्त्री अर्यालले दलका नेताहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्ति र पद सम्हालेपछि गरिरहेका गतिविधिको दलका नेताहरूले आलोचना गरेका हुन् । चुनाव गराउनका लागि गठित सरकारका गृहमन्त्रीले राजनीतिक दलमाथि विजय हासिल गरेको जस्तो अभिव्यक्ति र व्यवहार देखाएको भनेर नेताहरूले आलोचना गरेका थिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार दलहरूलाई निषेध र अपमानित गर्ने, नेताहरूलाई होच्याउने लगायतका गृहमन्त्रीका अभिव्यक्तिको आलोचना भएको बताउनुभयो । एमालेले सुरक्षा चुनौती रहेका नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने कार्य गलत भएको बताएको थियो । गृहमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि दलहरूको आक्रोश थियो । भदौ २३ र २४ को घटनाको अनुसन्धानमा दोहोरो मापदण्ड अपनाएको, भागेका कैदी र लुटिएका हतियार प्रयोग गर्दैनौं भनेर दलहरूले ग्यारेन्टी गर्नुपर्छ भनी गृहमन्त्रीले दिएको अभिव्यक्ति लगायतमा आपत्ति थियो, ज्ञवालीले भन्नुभयो,दलहरूमाथि विजय हासिल गरेका हौं भन्ने लागेको छ भने आपत्तिजनक छ भन्ने कुरा दलका नेताहरूले राख्नुभएको थियो ।
बैठकमा सहभागी एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि गृहमन्त्री अर्यालको आलोचना भएको बताउनुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *