ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

कात्तिक १ गते

निवर्तमान प्रधानमन्त्री ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा प्रति रामचन्द्र असन्तुष्ट देखिनुभएको छ । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।र्
एमाले पार्टी अध्यक्ष ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा फागुण २१ मा तय भएको निर्वाचनमा एमाले सहभागि नहुने घोषणा गर्नुभएको थियो ।
‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो,’ शीतलनिवासमा भएको छलफलमा सहभागी एक अगुवाले भन्नुभयो, ‘राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो ।’
छलफलमा सहभागी अर्का अगुवाले पनि एमालेको पछिल्लो निर्णयप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिनुभयो । एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको ती अगुवाले बताउनुभयो ।
‘एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेट्नुभएको रहेछ । उहाँहरूले निर्वाचनमै जानुपर्छ भन्नुभएको रहेछ,’ ती अगुवाले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भन्नुभयो । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा धेरै नेताहरुले पार्टीलाई चुनावबिरोधी कित्तामा उभ्याउन नहुने धारणा राखे पनि ओलीले त्यसलाई स्वीकार गर्नुभएनन् । नेपाली काँग्रेस, माओवादी लगायतका दलहरुले चुनावमा जाने घोषणा गरिसकेको अबस्थामा ओलीले चुनाव बहिस्कार गर्नेगरी निर्णय गरेको भन्दै राष्ट्रपतिले असन्तोष जनाएको अगुवाहरुको भनाई छ ।
राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताउनुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *