नेपाली सेना
३१ आश्विन
नेपाली सेनाले जेनजी आन्दोलनमा कुल ७६ मध्ये २२ जना आन्दोलनकारीको मृत्यु भएको जनाएको छ ।
आज शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा २२ आन्दोलनकारीको मृत्यु भएको सेनाले रिपोर्ट प्रस्तुत गरेको हो ।
बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिनुभयो ।
आन्दोलन ४८४ स्थानमा भएको पनि उहाले बताउनु भयो । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।
यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।
सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको र अन्य खोजीकार्य भइरहेको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

