प्रहरीको मनोवल कम्जोर छैन,शान्ति सुरक्षा मजुवत बनाउदै जाने छौ-डिएसपी पराजुली

By Sushil Basnet ११ आश्विन २०८२, शनिबार ०१:५० ११ आश्विन २०८२, शनिबार ०१:५० ११ आश्विन २०८२, शनिबार ०१:५०

महेन्द्र महरा
तुलसीपुर,१० असोज

इलाका प्रहरी कार्यालय तुलसीपुरका सरुवा भई आएका प्रहरी प्रमुख र पत्रकार बिच अन्तरक्रिया भएको छ । शान्ति सुरक्षा,अमन चयन कसरी गराउन सकिन्छ भन्नेबारेमा कार्यक्रम केन्द्रित रहेको थियो ।
बडा दशै,दिपावली,छठ र नेपालसंम्वतको अवसरमा ईलाकाप्रहरी कार्यालय तुलसीपुरमा शुभकामना आदान प्रदान र परिचयात्मक कार्यक्रममा प्रमुख प्रहारी नायब उपरीक्षक डीएसपी होम बहादुर पराजुलीले विषम परिस्थितिमा प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने दावी गर्नुभयो ।
तुलसीपुरको शान्ति सुरक्षामा प्रहरी कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । प्रहरीको मनोवल कम्जोर भएको छैन आम नगारिक ढुक्क भए हुन्छ,हामी प्रहरीले रातदिन नभनी हरेक नागरिकको जनधनको रक्षामा जुटेका छौ र जुटिरहने छौ ।
चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी अघि बढेको बताउनुभयो । सबै कार्यालय जलेर खरानी हुँदै गर्दा इलाका प्रहरी कार्यालय तुलसीपुरलाई जल्न बाट जोगाई दुरुस्त राखिदिनुभयो सबैलाई धन्यवाद उहाँले भन्नुभयो ।
यस्तै अपराध न्यूनीकरणका लागि प्रहरीलाई सूचना उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्षद्वय ओपेन्द्र बस्नेत, नारायणी रजौरे, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतका पत्रकारहरूले जनतालाई अनुभूति हुनेगरि सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गर्नुभयो डीएसपी पराजुली केही दिन अघि मात्रै अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौंबाट सरुवा भएर तुलसीपुरमा आउनु भएको थियो ।
उहाँले शुक्रबार स्थानिय तहका जन प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि परिचयात्मक तथा शुभकामना आदान प्रदान गर्नुभएको छ । परिचयात्मक कार्यक्रमको सञ्चालन प्रहरी नायब निरीक्षक भरतनाथ योगीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *