ईतिहास झल्कने संग्रालयको नीजि खर्चबाट निर्माण गरिदै

By Sushil Basnet १३ आश्विन २०८२, सोमबार ०१:२० १३ आश्विन २०८२, सोमबार ०१:२० १३ आश्विन २०८२, सोमबार ०१:२०

सुशील बस्नेत

तुलसीपुर,१३ असोज

पश्चिम दाङको गिधनीयामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको संग्रालय निर्माण गरिदैछ । शान्ति नगर गाँउपालिका वडा नम्वर ४ स्थीत गिधनीयमा बडामहाराजधिराज पृथ्वीनाराणयण शाहले नेपाल एकिकरण गर्दाको ईतिहास झल्कने संग्रालय निर्माण कार्य नीजि खर्चमा शुरु गरिएको अभियान्ता मिनबहादुर के.सी.ले जानकारी दिनुभयो । गिधनीया निवासी मिनबहादुर के.सी.ले झण्डै ५ बर्षदेखि आफ्नो घरको प्राङगणमा संग्रालय बनाउन शुरु गर्नुभएको छ ।
ईतिहास मेटाउदै गएको महशुस गरि कसैसँग पनि आर्थिक सहयोग नलिई ब्यक्तिगत लगानीमा संग्रालयको निर्माण कार्य शुरु गरेको उहाँले बताउनुभयो । शिक्षण पेशामा करिव ३५ बर्ष बिताई निबृत्त हुनुभएका के.सी.ले संग्रालय निर्माण कार्यमा करिव १९ लाख बढि खर्च गरि सक्नुभएको छ । संग्रालयको भित्तामा बडामहाराजधीराज पृथ्वीनारायण शाहको ठुलो आकृत्तिको चित्र कोरिएको छ । उहाँका केही दिब्य उपदेश पनि राखिएका छन् ।
राष्ट्र निर्माणका क्रममा ठुलो योगदान गर्नुहुने भिमसेन थापाको पनि बडेमानको आकृत्ति बनाईएको छ । सिपालु कालिगढ चित्रकार मार्फत संग्रालयमा चित्र,तस्वीर कोरिएका छन् । त्यस्तै अर्को भित्तामा राजा महेन्द्रको तस्बीर र उहाँको पालमा निर्माण गरिएको बिकास निर्माणको बिबरण समेत उल्लेख गरिएको छ ।
त्यस्तै,बिशाल नेपालको नक्सा फ्ल्यास ब्यानरमा राखिएको छ । त्यसबाहेक संग्रालयको भित्र नवदुर्गाका एक एक वटा मुर्ति, शिव, गणेश लगायत बिभिन्न देवदेवताको मुर्ति राखिएका छन् । हल भित्र एउटा रेडियो पनि राखिएको छ । त्यसले संग्रालय भित्र संचारको कति महत्व छ भन्ने झल्काउछ । सञ्चारका माध्यममा असाध्य बिकट गाँउ र ठाउमा रेडियोले दिने सूचना प्रतिको बिश्वासका कारण रेडियो राखिएको उहाँले बताउनुभयो ।
तुलसीपुरदेखी पश्चिम सुर्खेत रोडको पोटली भन्ने स्थानबाट उत्तर तर्फ झण्डै ३ किलोमिटर कच्ची सडकबाट गिधनीयाको संग्रालय पुग्न सकिन्छ । के.सी.ले शिक्षण पेशाबाट निबृत्त भएदेखि संग्रालय निर्माण,केरा खेति,कपास खेति जस्ता कृषि कार्म पनि गर्दै आउनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *