दाङ,७ असोज
दाङमा नागरिक समाजले वदलिदो राजनीतिक परिबेशमा नागरिकको भूमिका बिषयक अन्तरक्रिया आयोजना गरिएको छ । नागरिक समाज दाङ र महिला मानव अधिकार रक्षक सञ्जाल दाङको संयुक्त आयोजनमा मंगलबार घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रमको उदेश्य जेन्जी पु्स्ताको आन्दोलन र त्यसबाट सृजित बिभिन्न परिवर्तनका सकारात्मक पक्ष र केही नकारात्मक पक्षका बारेमा साझा बुझाई गरिएको नागरिक समाज दाङका सचिव लक्ष्मि आचार्यले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले जेन्जी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनले सरकार परिवर्तन मात्र नभई यसको मर्म र भावनालाई अवका दिन आत्मसाथ गर्नुपर्नेमा जोड दिएको थिए । आन्दोलनको मकस्त तोडफोड,आगजनी,लुटपाट र चोरीका घटना नभई भ्रष्टाचार बिरुद्धको बिद्रोह रहेको,सुशासन प्रवर्धनलाई जोड दिईएको र समाबेशितालाई प्राथमिकतामा राखिएको नागरिक समाजका सहभागिहरुले बताएका थिए ।
जेन्जी पुस्ताको आन्दोलनलाई असफल र आलोचित बनाउन केही स्वार्थी समुहको घुसपैठ भएको उनीहरुले बताएका छन् । सामाजिक न्यायका लागि आन्दोलन रहेको समेत जोड दिईएको थियो । त्यस्तै फागुण २१ गते घोषणा गरिएको आम निर्वाचनलाई सफल बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने समेत बताएको थियो ।
वर्तमान सरकार असफल गराउन स्वार्थ समुहले चलखेल गरिरहेको बताएका नागरिक समाजका अगुवाहरुले त्यसका लागि सरकारका सकारात्मक निर्णय र कार्यमा सहयोग गर्नुपर्नेमा साझा धारणा राखेका थियो ।
सो अवसरमा नागरिक समाजका निर्वतमान संयोजक चन्द्रराज पन्त,नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल,सचिव सबिन प्रीयासन,साहित्यकार टीकाराम उदासी,अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत,नीजि क्षेत्रका नारायण भुषाल,अधिकारर्मी सुष्मा गिरी,सुशीला पौड्ेल,सपना भण्डारी बस्नेत,शारदा शर्मा,केबी मसाल,पत्रकार दुर्गालाल केसी,सन्तोष सुबेदी,निर्मल नेपाली, हरिलाल बिश्वकर्मा,बसन्त जोशी,प्रदिप मज्गैया, लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
त्यसअवसरमा १३ बुँदे घोषणा पत्र समेत जारि गरिएको थियो ।
नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नारायण श्रेष्ठ र सहजिकरण अनीता पोख्रेलले गर्नुभएको थियो ।

