श्रावण २३
घोराहीका महिलाहरुले सञ्चालन गरेको समाज कल्याण केन्द्रको नवौं स्थापना दिवस शुक्रवार सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं लुम्बिनी प्रदेश सांसद एवं पूर्व स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
केन्द्रले गरेका विपन्न बालबालिकाको शिक्षा, लागू औषध दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम तथा महिला स्वास्थ्य तथा सशक्तिकरणका कार्यक्रमले समुदाय लाभान्वित भएको वक्ताहरुको भनाई थियो ।
नवौं स्थापना दिवसको अवसरमा केन्द्रले संस्थालाई अक्षयकोष एवं खुत्रुके सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता थियो । केन्द्रका उपाध्यक्ष निरजा पोख्रेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गर्नुभएको थियो ।

