ब्रेकिङ न्युज
Thu. Feb 12th, 2026

तुलसीपुर,२३ साउन

आगामी भदौ ६ गतेदेखि ९ गते सम्म ४ दिन दाङका बिभिन्न स्थानमा २ सय प्व ाईन्ट भन्दा बढि रगत संकलन गरिने भएको छ । ब्रह्माकुमारीज ईश्वरीय बिश्वबिद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरको आयोजनमा रगत संकलन अभियान शुरु गर्न लागेको शुक्रबार तुलसीपुरमा आयोजित कार्यक्रम मार्फत जानकारी गराईएको हो ।
बिश्व बन्धुत्व दिवस बैठक ः रक्तदान सेवामा साझा कदम भन्ने नाराका साथ बह्माकुमारी ईश्वरीय बिद्यालय केन्द्रिय कार्यालयका पूर्व संचालिका डा. प्रकासमणीको १८ औ स्मृति दिवसको अवसरमा भदौ ६ देखि ९ गते सम्म दाङको लमही क्षेत्र, घोराही क्षेत्र र तुलसीपुर क्षेत्रका बिभिन्न स्थानमा बिभिन्न दाताहरुबाट रगत संकलन गरिने उहाँले जानकारी दिनुभयो ।
दाङमा मासिक ६ सय प्वाईन्ट रगत खपत भईरहेको अबस्थामा रगत आपुर्तिमा सहजताका लागि अभियान सञ्चालन गर्ने योजना बनाईएको क्षेत्रीय सचिव शिवलाल महतराले बताउनुभयो । उहाँले भन्नुभयो,बह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय केन्द्रिय कार्यालयको आह्वानमा नेपाल,भारत र बिश्वका बिभिन्न देशमा गरी १ सय घण्टामा १ लाख प्वाईन्ट रगत संकलन गरिने छ ।
अभियानलाई सफल पार्ने उदेश्यले तुलसीपुरमा शुक्रबार आयोजना गरिएको छलफलमा सहभागिहरुले रगत संकलनको स्रोतका क्षेत्रहरुको पहिचान गरिएको छ । छलफलमा नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष कुशल तर्ताल,तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओम पी न्यौपाने र सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठ,रा.स.स. का प्रतिनिधि नारायणी रजौरे,त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.लि.का अध्यक्ष सुरेश हमाल, पत्रकार एबम अधिकारर्मी सुशील बस्नेत र निर्मल नेपाली लगायत बिभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ब्यक्तिहरुले सुझाब दिनुभएको थियो ।
तुलसीपुर केन्द्रका प्रमुख उर्मीलाले छलफल कार्यक्रमले आगामी भदौ ६ देखि ९ गते सम्मको रक्त संकलन अभियान सफल हुने अपेक्षा गर्नुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *